
काठमाडौं । न्यायको खोजी गर्दै आएका सहकारी पीडितहरूले सहकारी विभागको कार्यालयमा धर्ना दिएका छन् ।
शुक्रबार पीडितहरूले आफूहरूको वचत रकम तत्काल फिर्ता दिन सरकारसँग माग गर्दै काठमाडौंको बुद्धनगरस्थित सो विभागको कार्यालयमा धर्ना दिएका हुन् । सरकारले पीडित सहकारी वचतकर्ताको रकम फिर्ता गर्ने कामलाई निरन्तरता नदिएपछि उनीहरू आक्रोशित हुँदै आएका छन् ।
धर्नाका क्रममा उनीहरूले आफूहरूको वचत रकम तत्काल फिर्ता गर, जनतानमा मार्नु पाँइदैन गर्नुपर्नेलगायतका नारा लगाएका छन् । धर्नाका क्रममा उनीहरूले सबै पीडितहरूलाई एकताबद्ध हुन पनि आग्रह गरेका छन् ।