.png&w=1000&height=550)
काठमाडौं । जेन-जी आन्दोलनका घाइतेहरूले माइतीघर मण्डलामा धर्ना दिएका छन् ।
जेन-जी घाइते समूहले न्यायको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका हुन् । प्रहरीले माइतीघरमा जम्मा नहुन माइकिङ गरेपछि केहीबेर तनाव समेत भएको थियो । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनका क्रममा उनीहरू घाइते भएका थिए ।
त्यस क्षेत्रमा शुक्रबार नै नेकपा एमालेले युथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ । दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।