
काठमाडौं । नेकपा एमालेको नेशनल भोलेन्टियर फोर्सले काठमाडौंमा प्रदर्शन गरेको छ ।
शुक्रबार मध्यान्ह फोर्सले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । फोर्सले काठमाडौंको सामाखुसी र ललितपुरको जावलाखेलबाट र्याली सुरू गरी बबरमहल, माइतीघर हुँदै बानेश्वरसम्म मार्च पास गरी प्रदर्शन गरेको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा फोर्सको केन्द्रीय कमाण्ड घोषणा गरिनेछ ।
फोर्स पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुनेछ । जसका लागि काठमाडौंका विभिन्न स्थानमा सुरक्षा मजबुत बनाइएको छ ।