पहिलो त्रैमासमा कुन बैंकहरूले कति कमाए ?

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
पहिलो त्रैमासमा कुन बैंकहरूले कति कमाए ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् ।

असोजसम्ममा ५ वटा बैंकहरूको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ । चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । सो बैंकले ५८ करोड ९७ लाख आर्जन गरेको छ । गत वर्षको असोजमा बैंकले १५ करोड १३ लाख मात्रै नाफा गरेको थियो । 

ग्लोबल आईएमई बैंकको पनि नाफा वृद्धि भएर १ अर्ब ८५ करोड ८६ लाख, सानिमा बैंकको वृद्धि भएर ४५ करोड ४९ लाख रूपैयाँ, एनआईसी एसिया बैंकको वृद्धि भएर १२ करोड २१ लाख रूपैयाँ र एभरेष्ट बैंकको वृद्धि भएर १ अर्ब १७ करोड ९२ लाख पुगेको छ ।

१५ वटा बैंकको नाफामा गिरावट आउँदा सिटिजन्स बैंकले घाटा व्यहोरेको छ । हाल बैंकको नाफा २२ करोड ४ लाख ऋणात्मक छ । यस्तै, कृषि विकास बैंकले ५७ लाख ३८ हजार रूपैयाँ, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ४ करोड ५० लाख ५० हजार रूपैयाँ, प्रभु बैंकले ५५ करोड ८४ लाख ८३ हजार, नेपाल एसबीआई बैंकले ५० करोड १५ लाख ६५ हजार खुद नाफा कमाएका छन् ।

माछापुच्छ्रे बैंकले ४१ करोड ७९ लाख ५६ हजार, सिद्धार्थ बैंकले ३२ करोड ४० लाख ९१ हजार, नबिल बैंकले १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रूपैयाँ, लक्ष्मी सनराइज बैंकले ३३ करोड २३ लाख ३१ हजार, एनएमबि बैंकले ९१ करोड ५९ लाख ८३ हजार रूपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६९ करोड २१ लाख ६९ हजार नाफा कमाएका छन् ।

यसैगरी, हिमालयन बैंकले ७० करोड २८ लाख ९४ हजार, नेपाल बैंकले ५८ करोड ८२ लाख ८७ हजार, प्राइम कमर्सियल बैंकले १ अर्ब २५ करोड ८४ लाख ३० हजार, कुमारी बैंकले १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रूपैयाँ नाफा कमाएको छ । समग्रमा ग्लोबल आईएमई र राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ । धेरैजसो बैंकहरू चर्को दबाबमा रहेको तथ्यले देखाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.