सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरू सहकारीको हिमायती बनेर हिँडिरहेका छन्ः मन्त्री अधिकारी

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरू सहकारीको हिमायती बनेर हिँडिरहेका छन्ः मन्त्री अधिकारी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई कमजोर बनाउने र आफ्नो फाइदा लिन चाहने शक्तिहरू क्रियाशिल रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सहकारी बिग्रियो भन्ने भाष्य खडा गरेर देशव्यापी रूपमा सहकारीबारे भ्रम फैल्याएर सहकारीलाई कमजोर काम भइरहेको बताउनु भयो । 

सहकारीमा मनपरी गर्ने र सहकारी बिगार्नेहरू नै सहकारीको हिमायती बनेर प्रचारमा हिँडिरहेको उहाँले जिकिर गर्नुभयो । यस्ता कुरामा सजग हुनुपर्ने र सहकारीलाई व्यवस्थित गर्न जरूरी रहेको उहाँकाे भनाइ छ ।

मन्त्री अधिकारीले केही समस्या आउँदैमा सबै सकियो भन्नेकुरा गलत रहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.