काठमाडौं । बिम्स्टेक राष्ट्रहरूका कृषि तथा खाद्य प्रणालीमा देखिएका समस्या समाधानका लागि साझा रणनीति बनाउन कृषिमन्त्री तथा सचिवस्तरीय तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ ।
बिमस्टेक मुलुकको आज बस्ने सचिवस्तरीय बैठकले साझा एजेण्डा तय गर्नेछ भने भोलिको मन्त्रीस्तरीय बैठकले साझा प्रतिबद्धता जारी गर्नेछ । बैठकमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव न्यूनीकरण, खाद्य सुरक्षा, उत्पादन वृद्धि, किसान सुरक्षालगायतका विषयमा छलफल हुने कृषि मन्त्रालयले जनाएको छ ।
बैठकमा बिमस्टेक सदस्य राष्ट्रहरूले अपनाएका प्रविधिको ज्ञान आदानप्रदान र किसान सुरक्षाका विषयमा पनि छलफल हुनेछ । त्यस्तै कृषिको अनुसन्धानका विषयमा पनि छलफल हुँदैछ । बिमस्टेकमा नेपालसहित थाइल्याण्ड, बंगलादेश, भुटान, भारत, म्यानमार र श्रीलंकाका छन् ।