दाङमा पौने ४ अर्ब राजस्व संकलन

श्रावण ३, २०८१ |अमर क्षितिज भण्डारी
दाङमा पौने ४ अर्ब राजस्व संकलन

दाङ । दाङमा तीन अर्ब साढे ८४ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०८०/८१ मा तीन अर्ब ८४ करोड ५२ लाख ४० हजार तीन सय ४० रुपैयाँ ७४ पैसा राजस्व संकलन भएको हो ।

संघीय कार्यालयको तर्फबाट दुई अर्ब ८६ करोड ५७ लाख ३६ हजार ५४ रुपैयाँ ८४ पैसा र प्रदेश अन्तर्गतका कार्यालयहरुबाट ९७ करोड ९५ लाख चार हजार दुई सय ७३ रुपैयाँ ९० पैसा राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय दाङले जनाएको छ । अघिल्नो आर्थिक वर्षको तुलनामा संघतर्फ ९ करोड २० लाख र प्रदेशतर्फ २१ करोड बढी राजस्व संकलन भएको प्रमुख कोष नियन्त्रक मोहनकुमार जैसवालले जनाउनुभयो ।

कर्मचारीहरुको व्यवस्थापन र सेवाप्रवाहमा प्रभावकारिता ल्याएका कारण राजस्व संकलनमा वृद्धि भएको कार्यालयहरुको भनाइ छ । जिल्लामा संघअन्तर्गतका आन्तरिक राजस्व कार्यालय र प्रदेशअन्तर्गतको यातायात व्यवस्था कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । दाङमा ५० घर मातहतका संघीय कार्यालय र लुम्बिनी प्रदेश मातहतका १९ कार्यालयहरु छन् ।

हेर्नुहोस् अमर क्षितिज भण्डारीका थप स्टोरी ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।