आजका मुख्य समाचार,
* वैदेशिक रोजगारमा जाने श्रमिकबाट श्रम स्वीकृति लिँदा उठाइएको रकममा सरकारको रजाइँ/ कर्मचारीको तलव, दूतावासका गाडी मर्मतदेखि होटलमा कार्यक्रम गर्न ६५ करोड छुट्याइयो ।
* सुक्खाग्रस्त मधेशमा ५ सय डिप बोरिङ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा अलपत्र / बजेटको टुंगो नहुँदा कामै सुरु भएन / पुराना बोरिङ मर्मतमा पनि बेवास्ता ।
* कञ्चनपुरमा कृषि उपकरण दिने लोभ देखाएर ३ सय किसानमाथि ठगी / सहकारी संस्थामार्फत् २ करोड उठाएर एनजीओका सञ्चालक बेपत्ता / पीडित न्यायको खोजीमा ।
* चार दशकदेखि नेतृत्वमा रहेका पुष्पकमल दाहालको विकल्पै नखोज्ने गरी माओवादी केन्द्रमा छलफल / आलोचना गर्नेहरुलाई कमजोर बनाउने र नेतृत्वमै रहने दाहालको रणनीति ।
* डुरान्ड कपमा त्रिभुवन आर्मी क्लब र वान लद्दाख एफसीबीचको खेल एक-एक गोलको बराबरीमा / त्रिभुवन आर्मीले मंगलबार इण्डियन आर्मीको सामना गर्ने ।