एक पटक पुग्नै पर्ने ‘बाजुराको बडीमालिका’ (भिडियो)

भाद्र २, २०८१ |खम्म खत्री
एक पटक पुग्नै पर्ने ‘बाजुराको बडीमालिका’ (भिडियो)

अछाम । बाजुराको बडीमालिका र त्रिवेणी नगरपालिकामा पर्ने बडीमालिका क्षेत्रमा पनि जनै पूर्णिमाको अवसर पारेर मेला लागेको छ ।

बडीमालिका तीर्थयात्रा गए मनोकांक्षा पूरा हुने जनविश्वास छ। बाजुरा र कालिकोटबाट सुनको गजुरसहित पुजारी र सरकारी टोली बडीमालिकाको तीर्थयात्रामा निस्केका छन् । बडीमालिका मन्दिर समुद्री सतहबाट चार हजार २ सय १६ मिटर उचाइमा छ। त्यहाँ पुग्न ७ दिनको पैदल यात्रा गर्नु पर्दछ । 

औपचारिक पूजाआजाको परम्परा अनुसार अछाम, डोटी, जुम्ला, कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेको अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनुभयो । मुलुकका विभिन्न जिल्लाका साथै भारतबाट पनि तीर्थालु मेला भर्न आउने गरेका छन् । 

बडीमालिकामा बास बस्ने उचित होटेल नभएकाले त्यहाँ पुग्नेले खानपिन बासको जोहो भने आफै गर्नुपर्छ ।


Image

खम्म खत्री

खत्री कान्तिपुर टेलिभिजनका अछाम संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement