सन् २०२४ को सेप्टेम्बरमा पर्यटन आगमन ५ वर्षयताकै उच्च

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सन् २०२४ को सेप्टेम्बरमा पर्यटन आगमन ५ वर्षयताकै उच्च

काठमाडौं । सन् २०२४ को सेप्टेम्बर महिनामा पर्यटन आगमन ५ वर्षयताकै उच्च देखिएको छ।

नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर महिनामा ९६ हजार ३ सय ५ पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या अघिल्लो वर्ष अर्थात् सन् २०२३ को सेप्टेम्बरको तुलनामा ५ दशमलव आठ दुई प्रतिशतले बढी हो । अघिल्लो वर्ष ९१ हजार ३ सय ५ पर्यटक नेपाल आएका थिए ।

यसअघि २०२२ मा ५८ हजार ३ सय १४, २०२१ मा ९ हजार ९ सय ७, २०२० मा ५ सय ८४ र कोरोना महामारीअघि सन् २०१९ को सेप्टेम्बरमा ९२ हजार ६ सय ४ पर्यटक नेपाल आएका थिए । सन् २०१९ को तुलनामा पर्यटनको समग्र वृद्धिदर ४ प्रतिशत रहेको बोर्डले जनाएको छ ।

यस वर्षको सेप्टेम्बर महिनामा पनि सबैभन्दा बढी भारतीय पर्यटक नै आएका छन् । यस महिनामा भारतीय पर्यटक २२ हजार ९ सय ८४ जना आएका छन् भने अमेरिकाबाट १० हजार ८४ पर्यटक आएका छन् ।

यस्तै, चिनियाँ पर्यटक ५ हजार ३८, श्रीलंकाबाट ४ हजार ९ सय १५, बेलायतबाट ४ हजार ९ सय ९३, बंगलादेशबाट ४ हजार १ सय ३, जर्मनीबाट २ हजार ७ सय ४, दक्षिण कोरियाबाट २ हजार ३ सय ५१ र मलेसियाबाट २ हजार २ सय ८० पर्यटक भित्रिएको बोर्डको तथ्यांक छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement