विमान कम्पनीहरुले समयमा जहाज उडाउन नसक्दा यात्रुलाई सास्ती

सडकमार्ग अवरुद्ध भएपछि त्रिभुवन विमानस्थलमा हवाई यात्रुको थेगिनसक्नु चाप
आश्विन १४, २०८१ |भरत रावल
विमान कम्पनीहरुले समयमा जहाज उडाउन नसक्दा यात्रुलाई सास्ती

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग ठाउँ-ठाउँमा अवरुद्ध छन् । सहजै हिँडडुल गर्ने अवस्थासमेत छैन । यस्तोमा हवाई यात्रा भरपर्दो मानिन्छ । सोहीकारण हवाई यात्रुको चाप बढ्दा सोमबार त्रिभुवन विमानस्थलमा निकै भिड देखियो ।

झन् प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्कने क्रममा आधा घण्टा उडान रोकिँदा त विमानस्थलमा थेगिनसक्नु भीड भयो । जसका कारण बालबालिका, जेष्ठ नागरिकदेखि विदेशी यात्रुले समेत घण्टौं हैरानी बेहोर्नुपर्‍यो ।

मौसम खुलेर देशभरका विमानस्थल सञ्चालन आए पनि ट्राफिक व्यवस्थापन गर्न नसक्दा त्रिभुवन विमानस्थलमा सोमबार दिनभर सयौं यात्रु अलपत्र परे । नागरिक उड्डयन प्राधिकरणले सोमबार एकै दिन १ दिन ८३ उडानको अनुमति दिए पनि विमान कम्पनीहरुले समयमा जहाज उडाउन नसक्दा यात्रुले दिनभर नै विमानस्थलमा बिताउनुपर्‍यो । 

तीन दिनदेखि जहाज कुरिरहे पनि कुनै पनि एयरलाइन्सले समयमा जहाज नउडाएको र ढिला उड्नुको कारणसमेत नखुलाएको भन्दै यात्रु आक्रोसित भए । विमान कम्पनीहरुले पूर्वसूचना नदिँदा विमानस्थलमा स्वदेशी तथा विदेशी यात्रुहरुको भिड थियो भने उनीहरुले दिनभर भुइँमै बसेर बिताए ।

वायु सेवा कम्पनीहरुले उडानमा ३ घण्टासम्म ढिला गरे पनि कुनै कारण बताएनन् भने क्यामेराका अगाडि बोल्नसमेत तयार भएनन् ।

विस्तृत भिडियोमा :


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement