विश्वलाई लोभ्याउँदै सगरमाथाको सौन्दर्य

वैशाख ७, २०८१ |भरत रावल
विश्वलाई लोभ्याउँदै सगरमाथाको सौन्दर्य

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलोपटक सफल आरोहण भएको पनि सात दशकभन्दा बढी समय भइसकेको छ । सन् १९५३ यता आठ हजारभन्दा बढी मानिसले सगरमाथा आरोहण गरिसकेका छन् । तैपनि यस क्षेत्रको सौन्दर्य, साहसपूर्ण आरोहण यात्रा र रोमाञ्चकताले जतिखेर पनि विश्वको ध्यान आकर्षित गरिरहेको छ ।

सगरमाथा, विश्वको सर्वोच्च शिखर मात्रै होइन, विश्वभर नेपाल चिनाउने अनुपम धरोहर पनि हो । सन् १९५३ मा तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले पहिलो सफल आरोहण गर्नुअघि नै सगरमाथाप्रति विश्वको ध्यान आकर्षित हुन थालिसकेको थियो । त्यसयता विश्वकै नजर सगरमाथामा छ । यहाँ हुने आरोहीको भिड होस् या कुनै विपद्का घटना, अथवा हिमालमा पछिल्लो समय देखिएको फोहोरको समस्या, हरेक विषय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुख समाचारका शीर्षक बनिरहेको पर्वतारोहण सञ्चालक संघ नेपालका महासचिव ऋषि भण्डारी बताउनुहुन्छ ।

आरोहण खुला भएयताका झन्डै ६ दशक अर्थात् सन् २००९ सम्म सगरमाथा आरोहण गर्नेको संख्या तीन हजार एक सय ८५ थियो । तर २०१० पछि यो संख्या तीव्र रुपमा बढ्यो । हालसम्म आठ हजार एक सय चार जनाले आरोहण गरेकामा २०१० यतामात्रै पाँच हजार तीन सय ९७ जनाले सगरमाथाको आरोहण गरेका छन् । अझ वर्ष २०२३ ले हालसम्मकै सबैभन्दा बढी आरोहण चार सय ७८ जनाको रेकर्ड बनायो । नेपाल पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार यो वर्ष पनि हालसम्म दुई सय नौ जनाले आरोहणको अनुमति लिइसकका छन् ।

अन्य मुलुकमा सगरमाथा अर्थात् माउन्ट एभरेस्ट मात्र होइन, सगरमाथा आरोही जोसुकैलाई पनि सम्मानका दृष्टिले हेरिन्छ । सगरमाथाप्रतिको आकर्षणकै कारण जुनसुकै उमेर समूहका हुन्, आरोहणका लागि तम्सिहाल्छन् । यहीकारण, सगमाथा आरोहणमा विश्वरेकर्ड राख्ने प्रतिस्पर्धा नै चल्छ । सगरमाथा भन्नेबित्तिकै शेर्पाको नाम जोडिन्छ । थुप्रै शेर्पा आरोहीले यहाँ रेकर्ड बनाएको सगरमाथा आरोही संघका अध्यक्ष शिव सापकोटाको भनाइ छ ।

सन् १९५० को दशकमा सगरमाथा आरोहण भएयता नेपालमा साहसिक पर्यटनको पनि विकास पनि सुरु भयो । आरोहणबाट हुने आयआर्जनमा सगरमाथाको हिस्सा ६५ प्रतिशतभन्दा बढी छ । सन् २०२३ हिमाल आरोहणबाट एक अर्ब आर्जन भएको थियो भने यस वर्ष अहिलेसम्म १९ वटा हिमालबाट ३४ करोड ३ लाख राजस्व संकलन भइसकेको छ, जसमा सगरमाथाबाट मात्रै २९ करोड ७५ लाख संकलन भएको छ ।

सगरमाथा आरोहण गर्न विदेशीले ११ हजार डलर शुल्क तिर्नुपर्ने हुन्छ । आगामी वर्षदेखि यसलाई बढाउने सरकारको तयारी छ ।

- रावलका थप स्टोरी हेर्न क्लिक गर्नुहोस् ।

यो पनि...

वसन्त ऋतुका लागि सगरमाथा आरोहणको नयाँ बाटो बन्यो

लयमा फर्कंदै पर्यटन !

नेपालमा विदेशी पर्यटकको बसाइ लम्बियो, दैनिक खर्चमा सामान्य सुधार

पर्यटक पर्खिरहेको कञ्चनजङ्‍घा

हिमाल आरोहण : एक महिनामा १४८ जनाले लिए अनुमति, १० करोड राजस्व संकलन

एक महिनामा भित्रिए १ लाख २८ हजार पर्यटक, चीनबाट आउने बढे

वसन्त ऋतुका लागि सगरमाथा आरोहणको नयाँ बाटो बन्यो


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement