दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु-प्लेसीले विराटनगर किङ्सबाट खेल्ने

कार्तिक १४, २०८२ |खेल ब्युरो
 दक्षिण अफ्रिकाका पूर्वकप्तान फाफ डु-प्लेसीले विराटनगर किङ्सबाट खेल्ने

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व कप्तान फाफ डु-प्लेसीले विराटनगर किङ्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएल खेल्ने भएका छन् । 

दोस्रो सिजनका लागी फ्रेन्चाइज टोलीहरूले हस्ताक्षर गरेका उनी सबै भन्दा स्टार खेलाडी हुन् । उनले दक्षिण अफ्रिकाका लागि ५० टी-२० आई खेलमा १ शतक र १० अर्धशतक सहसत १५ सय २८ रन बनाएका छन् । टी-२० मा उनले ४ सय २४ खेलमा ११ हजार ९ सय ६ रन बनाएका छन् ।

२०१२ देशी २०१९ बिच दक्षिण अफ्रिकाको टी-२० आई टिमका कप्तानसमेत रहेका डु-प्लेसीले आफ्नो देशको एकदिवसीय अन्तर्राष्ट्रिय र टेस्ट टोलीको कप्तानी समेत गरेका छन् । ४१ वर्षीय डु-प्लेसीले एकदिवसीय अन्तर्राष्ट्रियमा १२ शतकसहित ५५ सय ७ र टेस्ट क्रिकेटमा १० शतकसहित ४१ सय ६३ रन प्रहार गरेका छन् ।

डु-प्लेसीले चेन्नई सुपर किङ्सबाट २०१८ र २०२१ मा इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि समेत जितेका थिए । २०२१ को फाइनलमा कोलकाता नाइट राइडर्सविरूद्ध ८६ रनको इनिङ्स खेलेका डु-प्लेसी प्लेयर अफ दी म्याच समेत बनेका थिए । उनको कप्तानीमा सेन्ट लुसीया किङ्सले २०२४ को क्यारेवियन प्रिमियर लिग जितेको थियो ।