काठमाडौं । नेपालले ‘हङकङ सिक्सेस’को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियालाई ११ रनले हराएको छ । ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो । नेपालका लागि प्रतिस जिसीले ३ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेट गुमाएर १११ रन बनाएको थियो । नेपालका लागि सन्दीप जोराले अर्धसतक प्रहार गरे ।
यस्तै लोकेश बमले १३ बलमा ३३ रन बनाए । अस्ट्रेलियका ज्याक हुडले २ विकेट लिए । अघिल्लो खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हराएको थियो ।
हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो । यो जितसँगै नेपाल समूह विजेता बनेको छ । नेपालले क्वार्टरफाइनलमा आजै श्रीलंकासँग खेल्दै छ ।