आईसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजको पहिलो जित

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी महिला टी-२० विश्वकपमा वेस्ट इन्डिजको पहिलो जित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले पहिलो जित हात पारेको छ । २०१६ को च्याम्पियन वेस्ट इन्डिजले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।

टी-२० विश्वकप २०२४ मा वेस्ट इन्डिजको यो पहिलो जित हो । यसअघि उसले दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितर पहिला ब्याटिङ रोजेको स्कटल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि एलिसा लिस्टरले सर्वाधिक २६ रन बनाइन् । कप्तान क्याथरिन ब्राइसले २५ रनको इनिङ खेलिन् । लोर्ना ज्यक ब्राउन ११ रनमा आउट भइन् । डोर्सी कार्टर १४ रनमा नटआउट रहिन् । वेस्ट इन्डिजका लागि इफी फ्लेटरले ३ विकेट लिइन् ।

जवाफमा वेस्ट इन्डिजले १ सय रनको लक्ष्य ५० बल बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्यो । केना जोसेफले सर्वाधिक ३१ रन बनाइन् । डिआन्ड्रा डोटिन २८ र चिनेल हेनरी १८ रनमा नटआउट रहे । स्कटल्यान्डका लागि ओलिभिया बेलले २ विकेट लिइन् । जितसँगै वेस्ट इन्डिज समूह बी को शीर्ष स्थानमा उक्लिको छ । उसले २ खेलमा १ जित र १ हार सहित कुल २ अंक जोडेको छ ।

सुरुवाती दुवै खेलमा पराजित स्कटल्यान्ड समूहको पुछारमा छ । महिला टी-२० विश्वकपमा आज हुने एक मात्र खेलमा इंग्ल्यान्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्ने छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement