यूएफा च्याम्पियन्स लिगमा रियाल मड्रिड लिलसँग १-० गोलले पराजित

आश्विन १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
यूएफा च्याम्पियन्स लिगमा रियाल मड्रिड लिलसँग १-० गोलले पराजित

काठमाडौं । यूएफा च्याम्पियन्स लिगमा साविक विजेता रियाल मड्रिड लिलसँग स्तब्ध भएको छ ।

स्टेड पियरे-माउरोयमा घरेलु टोली लिलले रियाललाई १-० ले स्तब्ध पारेको हो । रियालका लागि जनवरीपछि कुनै पनि प्रतिस्पर्धामा यो पहिलो हार हो ।

१५ पटकको च्याम्पियन रियाल ३६ खेलदेखि अपराजित थियो । कोपा डेल रेमा एथ्लेटिको मड्रिडसँग पराजित भए यता रियाल अपराजित थियो भने च्याम्यिन्सलिगका पछिल्ला १४ खेलमा पनि उसले हारको सामना गर्नु परेको थिएन ।

तर जोनाथन डेभिडले पहिलो हाफमा पेनाल्टीमा गरेको गोल रियाललाई स्तब्ध पार्न प्रयाप्त भयो । पहिलो हाफको स्टपेज टाइममा इडुआर्डो कामाभिनाले इडोन झेग्रोभाको फ्री किकलाई ह्यान्डल गरेपछि लिलले पेनाल्टीको अवसर पाएको थियो ।

यस नतिजासँगै लिले २ खेलमा ३ अंक जोडेको छ । लिले तालिकाको १८ औं स्थानमा उक्लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement