पेरिस पारालिम्पिक्सबाट पौडीमा नेपालका भीमबहादुर पनि बाहिरिए

भाद्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस पारालिम्पिक्सबाट पौडीमा नेपालका भीमबहादुर पनि बाहिरिए

काठमाडौं । पेरिस पारालिम्पिक्सको पौडीमा नेपालका भीमबहादुर कुमाल हिट चरणबाटै बाहिरिएका छन् । यससँगै जारी पेरिस पारालिम्पिक्समा नेपालको सहभागीता पनि समाप्त भएको छ।

भीमले पुरुष ५० मिटर फ्रि स्टाइल एस नाइन विधामा खेलेका हुन् । उनले निर्धारित दुरी ३५ दशमलव शून्य-आठ सेकेन्डमा पार गरेका हुन् । यही हिटमा पहिलो भएका अमेरिकाका जमाल हिलभन्दा कुमाल नौ दशमल सात चार सकेन्डले पछि परेका थिए । ६ खेलाडी सहभागी हिटमा कुमाल छैटौं भएका हुन् ।

उनी बिपरटाइट स्लोट्स पाएर पारालिम्पिक खेल्ने अवसर पाएका थिए । १९ खेलाडीलाई तीन समूहमा बाँडेर हिट चरण सम्पन्न गरिएको थियो । कुमालको समय सबै खेलाडीभन्दा धेरै रह्यो ।

हिट चरणमा सहभागी १९ खेलाडीमध्ये सबैभन्दा छिटो दुरी पार गर्ने ८ खेलाडीले फ्रिस्टाइलको फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । यो पटक पेरिसमा तीन नेपाली पारा खेलाडीको सहभागिता रहेको थियो ।

जसमा तेक्वान्दोका पलेशा गोवर्धन र भरतसिंह महता हुन् । पलेशाले ओलम्पिक इतिहासमै नेपालका लागि पहिलो पदक जितेर इतिहास रचेकी छन् । उनले कास्य पदक प्राप्त गरेकी हुन् । भरत भने पहिलो चरणमा नै पराजित भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement