
काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय समितिले पार्टी सभापति गगन थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको छ ।
आज ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले थापाको नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको हो । यसैगरी उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिएको पनि प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ । बैठकले पार्टी सभापतिको हस्ताक्षर परिवर्तन, समानुपातिक सूची संशेाधनलगायत अद्यावधिक गर्न निर्वाचन आयोग जाने निर्णय गरिएको प्रवक्ता चालिसले जानकारी दिनुभयो ।
पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनले थापालाई सभापतिमा सर्वसम्मत चयन गर्दै १६६ सदस्यीय नयाँ केन्द्रिय कार्यसमिति गठन गरेको थियो ।