नयाँ र वैकल्पिक शक्ति एक हुँदा मेरो समर्थन रहन्छ: बाबुराम भट्टराई

पुस १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
नयाँ र वैकल्पिक शक्ति एक हुँदा मेरो समर्थन रहन्छ: बाबुराम भट्टराई

काठमाडौै‌ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बिहीवार ज्वागलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँगको भेटपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरु एक हुँदा आफ्नो समर्थन रहने बताउनु भयो ।

बिहीवार बिहानैदेखि प्रमुख साहलाई भेट्न विभिन्न राजनतिक दलका नेताहरु ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरुले छलफल गरेका छन् । 

साहसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली काँग्रेस नेता डा. सुनिल शर्मा, नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले पनि साहलाई भेटेका छन् । 

नयाँ राजनीतिक शक्तिहरु एक भएर आगामी निर्वाचनमा जानुपर्ने भन्दै उनीहरुको भेट भएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.