एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ

कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ

ललितपुर । एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन ठगी आरोपमा पक्राउ पर्नुभएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले उहाँलाई ललितपुरबाट पक्राउ गरेको प्रहरी वरिष्ठ उपरिक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले बताउनुभयो।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आउनुभएको थियो । भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिनुभएको थियो ।

 भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.