सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज त्रिपक्षीय छलफल हुँदै

८/९ वटा समूहका जेन-जी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीसहितको त्रिपक्षीय छलफल हुने
कार्तिक १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच आज त्रिपक्षीय छलफल हुँदै

काठमाडौं ।  सरकारले आज राजनीतिक दल र जेनजी प्रतिनिधिसँग वार्ता गर्दैछ । निर्वाचनको वातावरणका लागि भन्दै सरकारले त्रिपक्षीय बैठक आयोजना गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे हुने बैठकमा सरकार, राजनीतिक दल र जेनज समूहबीच छलफल हुनेछ । प्रधानमन्त्री सचिवालयका अनुसार, विभिन्न ८/९ वटा समूहका जेन-जी प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रधानमन्त्री–मन्त्रीसहितको त्रिपक्षीय छलफल हुन लागेको हो । यसअघि दल र जेनजीसँग अलगअलग छलफल गर्नु भएकी प्रधानमन्त्री कार्कीले यसपटक सर्वदलीय छलफल गर्न लाग्नु भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षहरुसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी पनि दिनुभयो । फागुन २१ को निर्वाचन सफल बनाउन सबैको सहकार्य अनिवार्य रहेको सरकारको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.