कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

कार्तिक १, २०८२ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा विभिन्न १० वटा प्रस्तावमाथि सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २८ गतेदेखि चलिरहेको छ । 

बैठकमा जेन-जी आन्दोलनपछिको परिस्थिति, प्रतिनिधि सभा विघटन, आगामी निर्वाचन, पार्टीका भ्रातृ संगठन, पार्टी महाधिवेशनलगायतका विषयमा छलफल भइरहेको छ । शक्रबारको बैठकमा केन्द्रीय, आमन्त्रित र प्रदेश आमन्त्रित गरी २५ जनाले आ-आफ्नो धारणा राखेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.