भूमिसम्बन्धी ऐन संविधानविरोधी छः अध्यक्ष यादव

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
भूमिसम्बन्धी ऐन संविधानविरोधी छः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ संविधानविरोधी भएको बताउनुभएको छ ।

आइतबारको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरूसँग छलफल भइरहेको छ । 

उहाँले प्रदेश सभालाई ऐन ल्याउन नसोधेको भए यो संविधानको उल्लंघन र संघीयतामाथिको प्रहार भएको बताउनु भयो । विधेयक कुन मनशायले ल्याएको हो भन्नेकुरा स्पष्ट नभएको उहाँले बताउनु भयो । सुकुम्बासी समस्या हल गर्न अहिलेकै कानून पर्याप्त रहेको उहाँकाे भनाइ छ ।

अध्यक्ष यादवले भूमिहिनको समस्या समाधान गर्न रियलस्टेट र भूमाफियालाई जग्गा दिनुपर्छ ? भन्दै प्रश्न गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.