नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री ओली

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपालले आफ्नो सामर्थ्यअनुसार विकास गरिरहेको छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका कामहरू गरिरहेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५ को शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो सामर्थ्यअनुसार नेपालले विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्नुभयो । 

उहाँले मित्रताका लागि गच्छ नचाहिने भन्दै आफ्नो सामर्थ्यअनुसार पारस्परिक सम्बन्ध अघि बढाइरहेको बताउनु भयो । नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने उहाँकाे भनाइ छ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाल आफ्नो गच्छअनुसार विकासका काममा अघि बढिरहेको छ । आफ्नो गच्छअनुसार गति अघि बढाइरहेको छ । मित्रताका लागि गच्छ चाहिँदैन । यसै गर्न सकिन्छ । गच्छअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ । हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ ।’

प्रधानमन्त्री ओलीले नेपाल-चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनैपनि काम गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.