राज्य व्यवस्था समितिमा गृहमन्त्री रविको जवाफ : सहकारी प्रकरणमा मेरो नामबाहेक केही पनि छैन

चैत्र १४, २०८० |कान्तिपुर टीभी संवाददाता
राज्य व्यवस्था समितिमा गृहमन्त्री रविको जवाफ : सहकारी प्रकरणमा मेरो नामबाहेक केही पनि छैन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी अनियमितता प्रकरणमा आफ्नो नाम जोडिए पनि नाम बाहेक कुनै कुरा नभएको दाबी गरेका छन् । संसदको राज्य व्यवस्था समितिमा सदस्यहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले सहकारी ठगीमा आफू संलग्न नरहेको जिकिर गरे । 

'जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ मेरो नामबाहेक केही पनि छैन । न हस्ताक्षर छ, न ल्याप्चे छ, न मैले निवेदन दिएको छु । न मेरो सामान्य केवाईसी भरिएको छ, त्यहाँ केही पनि भरिएको छैन । न मैले कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ,' उनले बैठकमा भने, 'मैले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता पनि भइसकेको छ । अदालतमा दर्ता भएको सो मुद्दामा म प्रतिवादी छैन । अदालतमा दर्ता भएको सो मुद्दामा भएका प्रतिवादीको वयानमा पनि मेरो नाम रवि लामिछाने भन्ने नाम कही उल्लेख भएको मलाई जानकारी छैन । एउटा जाहेरी छ । जुन सूचनाका रुपमा प्रहरीले दर्ता गरेको बाहेक त्यो दर्ता पनि भएको छैन भन्ने मलाई जानकारी आएको छ ।' 

लामिछानेले यो विषय आफू सरकारमा सहभागी हुनु भन्दा अगाडिकै भएकाले आफूले गृहमन्त्रीका रुपमा प्रभावित पार्न कुरै नउठ्ने जिकिर पनि गरे । बैठकमा नेपाली कांग्रेसमा सांसद दिलेन्द्रप्रसाद बडूले 'सहकारी प्रकरणमा आएको रवि लामिछाने भन्ने नाम कसको हो?' भन्दै प्रश्न गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement