काठमाडौं । इलाम र बझाङमा भइरहेको उपनिर्वाचनमा इलाम-२ मा अहिलेसम्म ४२ र बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले कमान्ड रुमबाट इलाम र बझाङको उपनिर्वाचनको निरीक्षण गर्दै छ । इमालमा भने अहिले ४९ हजार मत खसेको आयोगले जनाएको छ । बिहान सात बजेबाट सुरु भएको मतदान ५ बजेसम्म हुनेछ ।