इलाममा एमालेका नेम्वाङको ४ हजार बढी मतको अग्रता, कांग्रेस र स्वतन्त्रबीच कडा प्रतिस्पर्धा

वैशाख १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलाममा एमालेका नेम्वाङको ४ हजार बढी मतको अग्रता, कांग्रेस र स्वतन्त्रबीच कडा प्रतिस्पर्धा

काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ४ हजार ६ सय ८३ मतले अगाडि रहनुभएको छ ।

एमालेका नेम्वाङले १३ हजार ६९ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले ८ हजार ३ सय ८६ मत ल्याउनुभएको हो । यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ८ हजार ९८ र रास्वपाका मिलन लिम्बुले १ हजार ७ सय १३ मत ल्याउनुभएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.