महोत्तरी । महोत्तरी प्रहरीले एक क्विन्टलभन्दा बढी गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका-५ बर्दिबास जलेश्वर सडकस्थित रामगोपालपुर चोकमा शुक्रबार सान्झ जाँचका क्रममा कारबाट ७ पोका गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक शैलेन्द्रकुमार भट्टले बताउनुभयाे ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा बागमती बीएसी ८७३९ नम्बरको कारलाई रोकी जाँच गर्दा कारको डिकीबाट १०७.९ किलोग्राम गाँजा बरामद भएको प्रहरी नायव उपरीक्षक भट्टले बताउनुभयाे ।
सो क्रममा दोलखा बैदेश्वरी गाउँपालिका-६ का २६ वर्षीय दीपक दाहाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।