तामाङ, ल्होमो लगायतका समुदायले पूजा-आजा गरी, आफन्त भेटघाट, खानपान र नाचगान गर्दै यो पर्व मनाउँछन् । तामाङ भाषामा 'ल्हो'लाई वर्ष र 'छार'लाई नयाँ भनिन्छ । यस्ता वर्षहरु १२ वटा हुने गर्छन्, जसलाई पशुपंक्षी र जीवतन्तुका नामको वर्गमा राखिएको हुन्छ ।
सोनाम ल्होछारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहासहित शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।