
काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रूबीकुमारी ठाकुरले साेमबारदेखि पदभार ग्रहण गर्नुभएको छ ।
यही चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट सो पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गर्नुभएको हो । उपसभामुख ठाकुरले साेमबारनै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गर्नुभयो ।
सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाइ र शुभकामना दिनुभएको सभामुखको सचिवालयले जनाएको छ ।