
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले संसद्लाई निष्क्रियताको थलो नभई कार्यसम्पादनको प्रभावकारी केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा कार्यसूचीमा प्रवेश गर्नुअघि सम्बोधन गर्दै सभामुख अर्यालले यस्तो बताउनुभएको हो । अर्यालले संविधान, लोकतन्त्र र संसदीय पद्धतिको मूल मान्यतालाई व्यवहारमा उतार्दै संसद्लाई सुदृढ बनाउनु आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले संसदीय अभ्यासलाई सशक्त बनाउँदै संस्थागत विकास गर्न सबै दल र सदस्यहरूको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । सभामुख अर्यालले नयाँ पुस्ता, विशेषगरी जेन-जी युवा तथा आम नागरिकका मुद्दा सम्बोधन गर्ने जिम्मेवारी सांसदहरूमा रहेको स्पष्ट पार्नुभयो ।
उहाँले सभामुखको भूमिका निष्पक्ष र तटस्थ भएर निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।