श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईद्वारा साइबर ब्युरोमा उजुरी (पत्रसहित)

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईद्वारा साइबर ब्युरोमा उजुरी (पत्रसहित)

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा आफलाई ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोमा एक व्यक्तिविरूद्ध उजुरी दिनुभएको छ ।

अध्यक्ष साम्पाङले सुनिता खड्का नामको टिकटक आइडिबाट आफ्नो घरसमेत जलाउने धम्की आएकाले उजुरी दिएको जानकारी दिनुभयो ।

“मलगायत मेरो घर परिवारलाई समेत ज्यान मार्ने धम्की दिएको साथै घर जलाउने धम्की दिइ आमसञ्चार माध्यममा टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जालमा अपशब्द प्रयोगका साथै गालीगलौज गरी समाजमा भ्रम फैलाएको हुँदा प्रचलित नेपाल सरकारको कानून बमोजिम हदैसम्मको कारवाही गरी पाऊँ”,अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयाे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.