ओली र लेखक पक्राउ गरेपछि गृहमन्त्रीकाे प्रतिक्रिया- कानुनभन्दा माथि कोही छैन

कसैमाथि प्रतिशोध नसाँधिएको भनाइ
चैत्र १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखक पक्राउ गरेपछि गृहमन्त्रीकाे प्रतिक्रिया- कानुनभन्दा माथि कोही छैन

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले कानुनभन्दा माथि कोही नभएको र कसैमाथि प्रतिशोध नसाँधिएको प्रतिक्रिया दिनुभएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिशोध नसाँधिएको प्रतिक्रिया दिनुभएको हो ।

वाचा वाचा नै हो । कानुनभन्दा माथि कोही छैन । गृहमन्त्री गुरूङले सामाजिक सञ्जालमा लेख्नुभएको छ–यो प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो । उहाँले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.