
काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा प्रदर्शन सुरू गरेको छ ।
ललितपुरको च्यासलस्थित सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहिल क्षेत्रमा प्रदर्शन गरेका थिए । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरेका थिए ।
सरकारले शनिबार बिहान अध्यक्ष ओलीलाई पक्राउ गरेलगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । सडकमा उत्रिएका एमाले कार्यकर्ताहरूले प्रतिशोधपूर्ण राजनीति बन्द गर भन्दै नारा लगाएका थिए ।