ओली र लेखक पक्राउबारे कांग्रेसले समीक्षा गर्ने

चैत्र १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखक पक्राउबारे कांग्रेसले समीक्षा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउबारे समीक्षा गर्ने भएको छ ।

नवनिर्वाचित सांसदहरूका लागि आयोजना गर्न लागेको ‘संसदीय सचेतना’ कार्यक्रममा ओली र लेखक पक्राउबारे समीक्षा गर्ने जानकारी दिएको हो । जेन-जी आन्दोलनमा दोषी रहेको आरोपमा सरकारले ओली र लेखकलाई पक्राउ गरेकोबारे प्रारम्भिक धारणासमेत सार्वजनिक नगरेको कांग्रेसले ‘संसदीय सचेतना’ कार्यक्रममा समीक्षा गर्ने प्रवक्ता देवराज चालिसेले बताउनुभयो । 

कांग्रेसले पार्टीका तर्फबाट संसदीय अभ्यास, प्रक्रिया एवं प्राथमिकता तथा पार्टीको प्रतिज्ञापत्रबारे बुझाउन नवनिर्वाचित सांसदहरूका लागि शनिबार ‘संसदीय सचेतना’ कार्यक्रम सुरू गर्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.