प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री शाहद्वारा पदभारलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिएर दिउँसो २ः१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवेश गर्नुभएका प्रधानमन्त्री शाहले ब्रिफिङ लिँदै मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री शाहलाई मुख्यसचिव सुमनराज अर्याललगायत सचिवहरूले स्वागतसहित ब्रिफिङ गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.