नवनिर्वाचित मन्त्रीहरूले लिए पद तथा गोपनियताको सपथ ग्रहण

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनिर्वाचित मन्त्रीहरूले लिए पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । नवनिर्वाचित मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित सपथ ग्रहण समारोहमा नवनियुक्त मन्त्रीहरूको सपथ ग्रहण गराउनुभएको हो । नयाँ मन्त्रिपरिषद्‌मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लिनुभएको छ ।

त्यसैगरी डा. स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुर"ङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायातमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खडक पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पदको सपथ लिनुभयो । 

त्यसैगरी डा. विक्रम तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, प्रतिभा रावल संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री, गीता चौधरी कृषि तथा पशुपन्छी विकासमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री, दीपककुमार साह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र सीता वादी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको सपथ लिनुभएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.