कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा शुक्रबार उहाँले पदबहाली गर्नुभएको हो । मन्त्रालयका सचिवद्वय डा. दीपककुमार खराल र डा. राजेन्द्रप्रसाद मिश्रले उहाँलाई स्वागत गर्नुभयो । उहाँहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गर्नुभयो ।

कृषि प्रधान देश नेपालमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २५ प्रतिशत कृषि क्षेत्रको योगदान रहँदै आएको छ भने ५० प्रतिशत जनशक्ति यस क्षेत्रमा संलग्न छन् । हाल कुल बजेटको तीन प्रतिशत बजेट यस क्षेत्रमा विनियोजन हुँदै आएकामा ८० प्रतिशतसम्म खर्च हुँदै आएको सचिवद्वयले जानकारी गराउनुभयो ।

त्यस अवसरमा मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राथमिकताका कार्य छिनोफानो भएर आएपछि मात्र मन्त्रालयको पहिलो निर्णयमा हस्ताक्षर गर्ने बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.