बालेन्द्रकाे सपथ समारोहमा ओली र देउवा अनुपस्थित

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालेन्द्रकाे सपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सपथ समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा अनुपस्थित हुनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष सपथ समारोहमा पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई मात्र सहभागी हुनुभएको छ । अन्तरिम सरकारका प्रमुख तथा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी पनि समारोहमा सहभागी हुनुभएको छ । 

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेससका पूर्वसभापति देउवा विदेशमा हुनुहुन्छ भने पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली भक्तपुरको गुण्डुस्थित निवासमा हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.