प्रधानमन्त्री शाहद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री शाहद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा उहाँलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, निःवर्तमान प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलगायतका विभिन्न राजनीतिकका नेताहरू लगायतका विशिष्ट अधिकारीहरूको उपस्थिति रहेको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं ससदीय दलका नेता शाहले वैदिक विधिअनुसार सपथ लिनुभएको हो । त्यस अवसरमा नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.