वाचापत्रमा उल्लेख गरिएका कामहरू पूरा हुनेगरी काम गर्छौं : नवनियुक्त शिक्षामन्त्री पोखरेल

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
वाचापत्रमा उल्लेख गरिएका कामहरू पूरा हुनेगरी काम गर्छौं : नवनियुक्त शिक्षामन्त्री पोखरेल

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सार्वजनिक गरेको वाचा पत्र पूरा हुनेगरी आफूहरूले काम गर्ने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाउनुभएको मन्त्री पोखरेलले पार्टीले सार्वजनिक गरेको वाचापत्रमा सयवटा प्रतिबद्धता रहेको स्मरण गराउँदै सरकारले सोही वाचा पूरा गर्नेगरी काममा केन्द्रित हुने योजना बनाएको समेत स्पष्ट पार्नुभयो । 

नवनियुक्ती मन्त्री पोखरेलले जनताले निर्वाचनमा दिएको मतले आफूहरूलाई जिम्मेवार बनाएको उल्लेख गर्दै सोहीअनुसार काम गर्ने पनि बताउनु भयो । उहाँले शिक्षा क्षेत्रमा नतिजा, उपलब्धी र पूर्वाधार क्षेत्रको विकासमा जोड दिएर अघि बढने संकल्प समेत गर्नुभयो ।

मन्त्री पोखरेलले खेलकुद क्षेत्रको विकासमा पनि पूर्वाधार विकासमा जोड दिएर अघि बढ्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.