नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

चैत्र १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
नवनियुक्त परराष्ट्रमन्त्री खनालले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले पदभार ग्रहण गर्नुभएको छ ।

शुक्रबार पद तथा गोपनियताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मनत्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विदेश विभाग प्रमुख समेत रहनुभएका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हाल्नुभएको छ । 

४७ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिन म्याडिसनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गर्नुभएको छ भने वज्रपोर्ट विश्वविद्यालयबाट अन्तरराष्ट्रिय राजनीतिक अर्थशास्त्रमा स्नातक समेत गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.