प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण

चैत्र ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पदभार ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पदभार ग्रहण गर्नुभएको छ ।

पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर केसीले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै ज्येष्ठ सदस्य केसीले आफ्नो सीमित समयको सभामुखको भूमिकामा कार्यकालमा संसद्लाई निष्पक्ष र पारदर्शी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो । 

उहाँले सभामुखको भूमिकाले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै आफू संसद्का सम्पूर्ण सदस्यहरूको विशेषाधिकारको संरक्षकका रूपमा प्रस्तुत हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मेरो निष्पक्ष समयभित्र निष्पक्ष र पारदर्शी रूपले सभामुखको भूमिका निर्वाह गर्छु । सभामुखले देशको राजनीतिक संस्कृतिको प्रतिनिधित्व गर्छ । र, संसद्‌भित्र सबै सांसदहरूको विशेषाधिकारको संरक्षकको रूपमा पनि भूमिका निर्वाह गर्नुपर्छ ।’

नयाँ सभामुखको निर्वाचन नभएसम्मका लागि केसीले बैठक सञ्चालन र संसद्को अन्य व्यवस्थापकीय जिम्मेवारी सम्हाल्नुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.