मोरङ क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी

फाल्गुन २३, २०८२ |सुशीला पाठक
मोरङ क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार यज्ञमणि न्यौपाने विजयी

विराटनगर । मोरङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार यज्ञमणि न्यौपाने विजयी हुनु भएको छ । 

उहाँ श्रम संस्कृति पार्टी (माटो)की उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८ सय ४५ मतले पछाडि पार्दै विजयी हुनु भएको हो । अन्तिम मतपरिणाम अनुसार विजयी न्यौपानेले २७ हजार ३ सय ६७ मत प्राप्त गर्नु भयो भने निकटतम प्रतिद्वन्द्वी पाख्रीनले १७ हजार ५ सय २२ मत मात्र ल्याउनु भएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका खडगबहादुर फागोले ११ हजार ९ सय ८६ मत ल्याउँदै तेस्रो हुनु भयो भने नेकपा (एमाले)का घनश्याम खतिवडाले ९ हजार ८ सय २३ मत प्राप्त गर्दै चौथो हुनुभयो । मोरङको क्षेत्र नम्बर २ र ३ को अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ । 

यसअघि क्षेत्र नम्बर ४, ५ र ६ को मतपरिणाम सार्वजनिक भइसकेको र त्यहाँ रास्वपाका उम्मेदवार विजयी भएका छन् ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।