
काठमाडौं । संसद् बैठक सुरू हुनुअघि साेमबार बसेको सर्वदलीय बैठकले प्रतिनिधि सभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ ।
संसदको काम कारबाही प्रभावकारी बनाउन नयाँ नियमावली बनाउने सर्वसम्मत निर्णय भएको हो । बैठकले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाउने निर्णय पनि गरेको छ ।
बैठकमा एमालेले विधिको पालना गर्ने प्रक्रियामा सरकारलाई सघाउने र विधि बाहिरका काम भए प्रतिवाद गरिने बताएको थियो ।