खुश्बु ओलीकाे प्रश्न- सरकारले कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधारमा विदेशी ऋण लिँदैछ ?

चैत्र २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
खुश्बु ओलीकाे प्रश्न- सरकारले कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधारमा विदेशी ऋण लिँदैछ ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले सरकारले विदेशी ऋण लिन गरेको निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उहाँले सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट ऋण लिन सरकारले गरेको निर्णयको विरोध गर्नुभएको हो । कुन संसदीय समिति, नीतिगत बहस र कुन आवश्यकता प्राथमिकिकरण मूल्याङ्कनका आधारमा यो निर्णय गरियो ? उहाँको प्रश्न छ । 

उहाँले संसदीय समिति र उपसमिति गठन हुन बाँकी रहेको भन्दै यस्तो अवस्थामा सरकारले गर्ने निर्णय अपारदर्शी हुने शंका गर्नुभयो । उहाँले उक्त ऋण सरकारले माग गरेको हो कि प्रस्ताव गरिएको हो ? भन्दै सरकारसँग जवाफ माग गर्नुभयो ।

संसदीय बजेट अनुरोधको लागि सांसदहर"ले धाउनुनपर्नेगरी अनलाइन पोर्टल सञ्चालन गर्न समेत उहाँले माग गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.