मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध

फाल्गुन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
मतदानमा सहभागी हुन पूर्वसभामुख घिमिरेको अनुरोध

बिर्तामोड । पूर्वसभामुख देवराज घिमिरेले आज झापा–२अन्तर्गत अर्जुनधारा–६ स्थित बालकल्याण आधारभूत विद्यालयबाट मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीसमेत दिनुभएका पूर्वसभामुख घिमिरेले ९६ वर्षीया आमा भीमकुमारीको हातबाट टीका लगाई आशीर्वाद लिई मतदान गर्नुभएको हो ।

मतदान गरेपछि उहाँले निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार भएकाले सबै मतदातालाई उत्साहपूर्वक मतदानमा सहभागी हुन अनुरोध गर्नुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.