पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुने

फाल्गुन १३, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका कारण आज पनि देशका विभिन्न ठाउँमा वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, बागमती र गण्डकीमा वर्षा हुने जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको हो ।

विभागका अनुसार तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने छ। बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने छ।

तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ। हिजो मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको थियो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको थियो । काठमाडौंको जरसिंहपौवा सहित, नुवाकोटको ककनी लगायत विभिन्न क्षेत्रमा असिना परेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.