निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध : मन्त्री श्रेष्ठ

फाल्गुन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध : मन्त्री श्रेष्ठ

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई सभ्य र भव्य तरिकाबाट सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ ।

समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणालीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचनमा सबैको समर्थन र सहभागिताको अपेक्षा सरकारले गरेको पनि बताउनु भयो । मन्त्री श्रेष्ठले परिषद्लाई प्रविधिमैत्री बनाउँदै कागजी झन्झट मुक्त गर्ने घोषणा गर्नुभयो । 

मन्त्री श्रेष्ठले भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनपश्चात् विषम् परिस्थितिमा बनेको अन्तरिम सरकारले स्वास्थ्य, शिक्षा र प्रशासनलगायत सामाजिक विकासको क्षेत्रमा दूरगामी महत्वका नीतिगत सुधारहरू गरेको बताउनु भयो । विशेष गरी दर्ता भए पश्चात् कुनै फाइल अघि बढ्ने र कुनै नबढ्ने जुन स्वेच्छाचारी अधिकारको समस्या रहेकोमा यस प्रणालीले त्यस्ता समस्यालाई अन्त्य गरी सुशासन कायम गर्न पहिलो पाइला चाल्ने मन्त्रीको दाबी छ ।

उहाँले गैर-नाफामुलक संस्थाहरूका लागि सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशिका समेत जारी भएको जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.