
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रणालीमा सुधार गर्न सही कानुन बनाउनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरूसँगको भेटघाटका क्रममा उहाँले स्टन्ट गरेर प्रणाली सुधार गर्न नसकिने बताउनुभएको हो । उहाँले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउन स्टन्ट र चटक देखाएर नभइ सही कानुन र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने बताउनु भयो ।
सभापति थापाले नेपाली कांग्रेस प्रणाली र प्रक्रियामार्फत सुधार गर्ने कुरामा विश्वास राख्ने पार्टी भएको उल्लेख गर्नुभयो । विश्वविद्यालय तथा संवैधानिक निकायमा हुने भागबन्डाको अन्त्य गर्ने दाबी उहाँले गर्नुभयो । निजामती कर्मचारीमा हुने राजनीतिकरणको पनि बन्द गर्ने उहाँको भनाइ छ ।
उहाँले सुधार र सुशासनमार्फत परिणाम दिन कांग्रेस प्रतिबद्ध रहेको पनि बताउनु भयो । उहाँले सुधारको लागि आफूहरूले योजना बनाएको पनि जानकारी दिनुभयो ।